Logo

९ जेठ, काठमाडौं । नागरिकता सम्बन्धी कसुरको आरोपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा नेपाल पत्रकार महासङ्घ, नेपाल मिडिया सोसाइटीलगायतले भर्त्सना गरेका छन् ।

नेपाल पत्रकार महासङ्घले विज्ञप्ति निकालेर अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनासयबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासङ्घले स्वीकार नगर्ने जनाएको छ । महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधका रुपमा लिइएको उल्लेख छ । त्यस्तै नेपाल मिडिया सोसाइटीले व्यक्तिगत र इगो साँध्ने हिसाबले राज्यशक्तिको दुरुपयोग गरिएको उल्लेख छ ।

नागरिकता प्रकरणमा छानविनका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो काठमाण्डौको थापाथलीमा रहेको कार्यालयबाट पक्राउ गरेका सिरोहियालाई जनकपुर लगिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले सिरोहियालाई आजै अदालतमा पेस गर्ने तयारी भैरहेको जानकारी दिनुभयो ।

अध्यक्ष सिरोहियाले फरक फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको दावी गर्दै छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । हिजो धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै सिरोहियालाई पक्राउ गरिएको हो ।

यो पनि :

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ


सम्बन्धित समाचार