Logo

१२ जेठ, वीरगञ्ज । प्रेस सेन्टर नेपाल पर्साले स्व.कृष्णसेन स्मृति दिवसको अवसरमा दुईजना पत्रकारलाई पुरस्कार वितरण गर्ने भएको छ ।

कृष्णसेनको २२ औं स्मृति दिवसको अवसर अहिले कार्यक्रमको आयोजना गरी प्रेस सेन्टरका दुईजना पत्रकारलाई सम्मान गरिदै छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा बारा इञ्चार्ज कृष्ण उदास खनाललाई कृष्णसेन स्मृति सम्मान पुरस्कार र सेन्टरका सदस्य राम मण्डललाई प्रेस सेन्टर नेपाल पर्सा क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिने प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटे मगरले जानकारी दिनुभयो ।

पुरस्कृत दुवैजनालाई जनही २१÷२१ हजार रुपैंयाको पुरस्कार प्रदान गरिने छ । पुरस्कार वितरण समारोह अहिले वीरगन्जको होटल वृन्दावनमा शुरु भएको छ ।


सम्बन्धित समाचार