Logo

१२ जेठ, जनकपुर । धनुषामा पोखरीमा डुबेर २ जना नाबालकको ज्यान गएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका –२० रूपैठास्थित साउजी पोखरीमा डुबेर २ जनाको ज्यान गएको हो ।

पोखरीमा डुबेर सोही ठाउँका जयनारायण महतोको छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।


सम्बन्धित समाचार