Logo

१७ जेठ, वीरगञ्ज । मधेश प्रदेशका तीन जिल्लामा बढी बालबालिका हराउने तथ्यांक सार्वजनिक भएको छ । चालू आर्थिक वर्षको दश महिनामा तीन जिल्लाबाट बढी बालबालिका हराइरहेको तथ्यको उजागर भएको छ ।

मधेश प्रदेश प्रहरीका अनुसार खासगरी धनुषा, सिरहा र पर्साबाट बढी बालबालिका हराउने गरेका छन् । प्रदेशको ८ वटै जिल्लाहरुमध्ये यी तीन जिल्लाबाट बालबालिका बढी हराएको मधेश प्रदेश प्रहरी कार्यालयको आँँकडा छ ।

चालू आर्थिक वर्षको १० महिनामा प्रदेशभरिबाट हराएका कुल बालबालिकाहरुमध्ये यो तीन जिल्लाबाट मात्र एक तिहाइ भन्दा बढी सख्यामा बाललबालिका हराएका छन् । प्रदेशबाट १० महिनामा १०८४ जना बालबालिका हराएको विवरण छ, जसमध्ये यी तीन जिल्लाबाट मात्र ३४१ जना बालबालिका हराएका छन् ।

प्रदेश प्रहरीका अनुसार धनुषाबाट १७०, सिरहाबाट १६८ र पर्साबाट १६३ जना बालबालिका हराएका छन् । यी तीनवटै जिल्ला खासगरी भारतको सीमासंग जोडिएका नजिकका जिल्लाहरु हुन । यसरी कम उमेर बालबालिकाहरु हराउनु भनेको गम्भीर विषय रहेको जानकारहरु बताउँछन् ।

उनीहरुका अनुसार प्रदेशबाट बालबालिकाहरु हराउनु भनेको एकदम चिन्ताको विषय हो, जसको खोजी नीति हुनुपर्छ । बालबालिकाहरु हराएका हुन, वा बेचिएका हुन वा मारिएका हुन यी गम्भीर प्रश्नहरु खडा भइरहेका छन्, जसको जवाफ प्रहरीले मात्र दिन सक्छ । अर्थात् यो गम्भीर मुद्दामा प्रहरीले सूक्ष्म अनुसन्धान गरेर बालबालिकाहरुप्रति गम्भीर बन्नुपर्ने जानकारहरु बताउँछन् ।

तर प्रहरी भने यसलाई सामान्यरुपमा लिइरहेको छ । प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले खासगरी बालबालिकाहरूे कामको खोजीमा, बिहे गरी भाग्ने र सीमा पार जाने गरेकाले हराइने गरेको जनाए । उनका अनुसार यसमा अन्य कुनै अपराधिक कारण छैनन् ।

संख्या किन बढ्यो भन्ने सवालमा कुरा गर्ने हो भने बालबालिका हराउँदा आफन्तले प्रहरीमा उजुरी दिने तर उनीहरू फेला पर्दा प्रहरीलाई जानकारी नदिँदा पनि हराउनेहरूको सङ्ख्या बढी देखिएको उनको विश्लेषण छ ।

उनी भन्छन्, ‘हामी कहाँ सुरुमा हराएको सूचना आउँछ, त्यो प्रहरी रेकर्डमा लेखिन्छ । पछि ती बालबालिकाहरू फेला प¥यो भने उनका अभिभावकहरू भने फेला परेको बारे जानकारी गराउँदैनन्, जसका कारण बेपत्ता भएर फेला परेकाहरूको पनि नाम त्यही सूचिमा रहिरन्छ । तर उनीहरू बेपत्ता भएका चाहिँ हुँदैनन् ।’


सम्बन्धित समाचार