१७ जेठ, वीरगञ्ज । मधेस प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ । प्रदेशमा डा. सिके राउत नेतृत्व गरेको जनमत पार्टीको सरकार बनाउने सहमति भएको हो ।
नेकपा माओवादी केन्द्र, एमाले, लोसपा, नेकपा एस मलेर प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो । बिहिबार बसेको राजनीतिक दलहरुको बैठकले यस्तो सहमति गरेको हो ।
बैठकपछि विज्ञप्ती जारी गर्दै यसबारे जानकारी गराइएको छ । जारी विज्ञप्तीमा भनिएको छ, ‘सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ ।’
्
जनमतको नेतृत्वमा सरकार बनाउने ५ दलबिच सहमति भएको भनिएपनि विज्ञप्तिमा ३ दलले मात्रै हस्ताक्षर गरेका छन् ।