Logo

१८ जेठ, वीरगञ्ज । विहीबार राति आएको वर्षा सहितको हावाहुरीले पर्सामा एक जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् ।

पर्साको विन्दवासिनी गाँउपालिका वडा नम्बर २ गर्दाैलमा हावाहुरीले उडाएर ल्याएको जस्ताले चोट लागेर १०७ बर्षिय बृद्ध गुदेरी साहको मृत्युु भएको छ ।

पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेका अनुसार हिजो बेलुका आफ्नै घरको पिढीमा बसिरहेका बेला  हुरीले छिमेकीको घरको छाना उडाएर ल्याएको जस्तापाताले लागेर साह गम्भीर घाइते भएका थिए ।

घाइते साहलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो हस्पिटलमा ल्याउने क्रममा बाटोमै मृत्युु भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । यस्तै बहुदरमाई नगरपालिकामा पनि हवाहुरीले क्षति पु¥याएको छ ।

हावाहुरीले वडा नम्बर ५ बर्वा टोलमा रहेको एक घरको छानो खसेको छ । छानोमा च्यापिएर ९ जना घाइते भएका छन् । यसबारे जानकारी नआएको प्रहरीले जनाएको छ । यस्तै वडा नम्बर ७ भौराटारमा रहेको एनसेलको टावर ढलेको छ ।

प्रहरीलाई प्राप्त विवरण अनुसार एनसेलको टावर ढलेर च्यापिदा एक पुरुष गम्भीर घाइते पनि भएका छन् । उनको पहिचान भने खुलेको छैन । उनलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याईएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

विहीबार रातिको हावाहुरीले पर्सा जिल्लामा पु¥याएको क्षतिको विवरण संकलन गर्ने काम भईरहेको न्यौपानेले जानकारी दिए । यस्तै रौतहटमा विद्युतिय पोल ढलेको छ । चन्द्रनिगाहपुरमा हावाहुरीले बिद्युत पोल ढलेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार