Logo

२२ जेठ, काठमाडौं । ब्याटिङ लाइन चल्न नसक्दा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपमा नेदरल्यान्डस्‌सामु १ सय ७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

ठूला प्रतियोगितामा नेपालको ओपनिङ जोडी फेरि एकपटक फ्लप भएको छ। रनका लागि संघर्ष गरेको नेपालका ओपनिङ जोडीले इनिङस्लाई लामो समय अघि बढाउन नसक्दा नेपाल सस्तैमा रोकिन पुग्यो।

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४ बल अगावै १ सय ४ रन बनाउँदा अलआउट भयो।

ओपनिङ जोडी लामो समय क्रिजमा टिक्न नसक्दा मध्य र तल्लो क्रमका ब्याटर दबाबमा देखिए। जसको कारण नेपालको ब्याटिङ धरासायी हुन पुग्यो।

टी २० विश्वकप स् नेपालले दियो नेदरल्यान्डस्‌लाई १ सय ७ रनको लक्ष्य

१० वर्षपछि विश्वकपमा फर्किएको नेपाली टोलीबाट समर्थकले जुन अपेक्षा गरेका थिए। नेपाली टोलीले अपेक्षाकृत प्रर्दशन गर्न सकेनन्। विश्वकपका लागि भनेर नै नेपालले लामो समयदेखि तयारी गरेको थियो। तर अभ्यास खेलमा बलियो देखिने नेपाली टोली मुख्य खेलमा भने सधै चुक्दै आएको छ।

एसोसियट क्रिकेटको बादशाह नेदरल्यान्डस्विरुद्ध नेपालका शीर्ष क्रमका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।

नेपालका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै नेपालका लागि सर्वाधिक रह्यो। उनले ३७ बलमा ५ चौका प्रहार गरे।

नेपालले चौथो ओभरमा नै दुबै ओपनरलाई गुमाएको थियो। नेपालले दोस्रो ओभरको अन्तिम बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो। आशिफ ४ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भिभियन किंग्माको हातबाट क्याच आउट भए।

अर्का ओपनर कुशल भुर्तेल चौथो ओभरको पहिलो बलमा ७ रन बनाउँदा भान विकको बलका एलबीडब्लु धरापमा परे।

कुशल मल्ल ९ रनमा क्याच आउट भए। अनिल शाह ११ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भान विकको हातबाट क्याच आउट भए। अनिलले १२ बलमा २ चौका प्रहार गरेका थिए।

तेस्रो नम्बरमा ब्याटिङमा आएका अनिल शाह ११ रन बनाउँदा क्याच आउट भए। कुशल मल्ल ९ रनमा क्याच आउट भए।

लामो सट खेल्ने धुनमा रहँदा नेपालका ६ ब्याटर क्याच आउट हुन पुगे।

कुशल मल्ल ९, दिपेन्द्र सिंह ऐरि १ र सोमपाल कामी शुन्य रनमा नै पेभेलियन फर्के।

तल्लोक्रममा ब्याटिङमा आएका गुल्सन झा र करण केसीले समान छक्का प्रहार गर्दै समर्थकमा केही आशा जगाएका थिए।

१७ रन बनाएका करण केसी १९ औँ ओभरको पाचौँ बलमा बास डे लिडको बलमा किंग्माको हातबाट क्याच आउट भए। करणले १२ बलमा २ छक्का सहयोगमा १७ रन बनाएका थिए।

गुल्सन झा १४ रनमा बोल्ड आउट भए। अविनास बोहोरा शुन्य रनमा कट एण्ड बोल्ड भए। सागर ढकाल शुन्य रनमा अविजित रहे।

नेपाललाई सामान्य योगफलमा रोक्न नेदरल्यान्डस्का टिम प्रिंगलले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २० रन खर्चे। लोगान भान विकले ३ विकेट आफ्नो नाममा गरे।

पल भान मिकेरेन र बास डे लिडले समान २ विकेट झारे।


सम्बन्धित समाचार