Logo

२४ जेठ, वीरगञ्ज । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । बुधबार मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेलगत्तै राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखको आह्वानअनुसार अब जनमत पार्टीका नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ । त्यसका लागि सत्ता गठबन्धनमा सहमति जुटिसकेको छ ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार संविधानको धारा १६८ को उपधारा २ बमोजिम दलहरुले बहुमत जुटाएर शुक्रबार भोलि मध्यान्ह १२ बजेभित्र दाबी पेश गर्नुपर्नेछ ।

सत्ता गठबन्धनमा भएको परिवर्तन र जसपा नेपाल विभाजित बनेपछि मधेसमा नयाँ राजनीतिक समीकरण बनेको हो ।

सोहीअनुसार जसपा नेपालको नेतृत्व मधेसबाट खोसिएको छ । सत्तामा मधेसमा जसपाले ६ वर्ष नेतृत्व गरेपनि अब भने विपक्षमा पुग्ने परिस्थिति बनेको छ ।


सम्बन्धित समाचार