२८ जेठ,काठमाडौं । सेञ्चुरी कमर्सियलका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् । बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो।
श्रेष्ठसहित ८ जनालाई नियन्त्रणमा लिइएको सिआइबीका एसपी होविन्द्र बोगटीले बताए।
ठगीको मुद्दामा अनुसन्धान गर्न सीआईबीले अध्यक्ष श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा. गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो ।
धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरेको हो । यसअघि यही प्रकरणमा सेञ्चुरीका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसहितका कर्मचारी पक्राउ परेका थिए ।
यसअघि २०८० फागुनमा सेञ्चुरी बैंकमाका तत्कालीन प्रमुख कार्यकारी अधिकृतद्वय मनोज न्यौपाने र तुलसी गौतमसहित १० जना कर्मचारीलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरू केही समयमा हाजिर जमानीमा छुटेका थिए ।