Logo

२९, जेठ,जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्द शत्र भर्खरै सुरु भएको छ । मंगलार विहान ८ बजेदखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो जसपाको बन्द शत्र सुरु भएको हो ।

बन्द शत्रमा राजनीतिक प्रस्तावको प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् । त्यसपछि विभिन्न समूह उक्त प्रस्तावबारे छलफल चलाइने जसपा प्रवक्ता मनिष सुमनले जनाए ।
उनका अनुसार अध्यक्ष यादवको प्रस्तावमाथिको छलफल सकेपछि लेखापरीक्षणको प्रस्ताव पेश गरिनेछ । लेखा समितिका अध्यक्ष अमरेश नारायण झाले उक्त प्रस्ताव पेश गर्ने प्रवक्ता सुमनले बताए ।

जसपा पार्टी अध्यक्ष उपेन्द्रा यादवको अध्यक्षता मा बन्द शत्र सुरु भएको छ ।
पार्टी बिधान अनुसार अध्यक्ष मण्डल गठन गरेर बन्द सत्र सुरु गर्नुपर्ने भएको हुनाले प्रतिनिधिहरुले ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरेका हुन ।

५ सदस्यीय अध्यक्ष मण्डलका लालबबु राउत , मृगेन्द्रा सिह, लिला सिटौला , रकम चेम्जोङ छन ।


सम्बन्धित समाचार