Logo

२९ जेठ,काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सहकारी ठगीका आरोपित जीबी राईलाई सरकारले देशभन्दा पनि माथि राखेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले ठूला फाइल खोल्छौं भन्ने सरकारले राईलाई नेपाल देशभन्दा पनि माथि राखेको आरोप लगाएका हुन् ।

‘ठूलो फाइल खोल्छौं खोल्छौ भन्नुहुन्छ । गिरीबन्धुको फाइल कहिले खोलिन्छ ? मेलम्ची र वाडडबडीजस्ता ठूला काण्डका फाइल कहिले खुल्छन् ?,’ शाहीले भने, ‘सहकारी ठगीमा जोडिएका जीबी राई नेपाल देशभन्दा ठूलो हुन् ? जिबी राईलाई किन पक्राउ गरिएको छैन ? छिटो पक्राउ गरियोस् । फाइल खोल्छु, आकाश र पातालमा खोजेर भए पनि ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो । खोई खोजेको हो ?’

शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणमा जाँदा प्रदेशका मुख्यमन्त्रीको जति पनि सम्मान नपाएको बताए ।

 


सम्बन्धित समाचार