Logo

२९ जेठ,काठमाडौँ । नेपाल मान्छे बेच्ने देशको रूपमा बदनाम हुन लागेको भन्दै वैदेशिक रोजगार कम्पनी (मेनपावर) खारेज गर्न एक सांसदले प्रस्ताव गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक २०८१/०८२ अन्तर्गत श्रम तथा रोजगार मन्त्रालयको विनियोजित रकममा खर्च कटौती प्रस्ताव राख्दै स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले मेनपावर कम्पनी खारेज गर्नुपर्ने बताएका हुन् ।
‘रेमिट्यान्सबाट कुनै पनि मुलुक समृद्ध बनेको छैन । हामी मान्छे बेच्नेको देशको रूपमा विस्तार गरिरहेका छौं । मेनपावर कम्पनी खारेज गरौं, स्टडी गरौं नेपालबाहेक अन्त मेनपावर कम्पनी छैन । यहाँ त सरकारले भन्छ कि १०० जना बेच्नै पर्छ । अन्यथा उसको लाइसेन्स नवीकरण हुँदैन’ सांसद सिंहले भने ।

राजनीतिक दल पिच्छेका मेनपावर कम्पनी खडा गरिएको र उनीहरूले नै विकृति निम्त्याएको उनले बताए ।

दलको संरक्षणमा रहेका कम्पनीले इनडोर काम भनेर लैजाने र बाहिर काम गर्न लगाएर नेपाली युवालाई ठगिरहेको उनले बताए । ‘मेनपावर कम्पनी श्रम मन्त्रालयको कमाइ खाने भाँडो भएको छ ।
मेनपावर रहेसम्म नेपालमा मान्छे रहन दिँदैन, बिरामी अवस्थामा मात्र नेपालमा युवा रहने भए’ सांसद सिंहले भने ।


सम्बन्धित समाचार