Logo

२९ जेठ,जनकपुर । जनता समाजपादी पार्टी (जसपा) नेपालले राजनीतिक प्रतिवेदन पारित गरेको छ । बन्दसत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादवले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गरेको हो ।
बन्दसत्रमा पार्टी अध्यक्ष यादवले ३१ पन्ने राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

प्रतिवेदनमाथि झण्डै ८ घण्टाको बहसपछि प्रतिनिधिहरुले सुझावसहित अध्यक्षले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गरेको हो । राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरिएको थियो ।

त्यसपछि सबै समूहले अध्यक्षको प्रतिवेदनमाथि गहनरुपमा छलफल गरेर आफ्नो सुझावसहित पारित गरेको प्रवक्ता मनिष सुमन बताउँछन् ।


सम्बन्धित समाचार