Logo

२९जेठ,जनकपुरधाम । मधेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम जसपा नेपालले बहिष्कार गरेको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्, तर प्रदेशसभामा जसपा नेपालका सांसदहरु अनुपस्थित छन् ।

जनकपुरधाममा जसपा नेपालको एकताको महाधिवेशन जारी छ । उसले महाधिवेशनका कारण नीति तथा कार्यक्रम सार्न मुख्यमन्त्रीसँग आग्रह गरेको थियो, तर नमानेपछि आफूहरु नगएको जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।


सम्बन्धित समाचार