Logo

३० जेठ, जनकपुर । जनता समाजावदी पार्टी (जसपा) नेपालको जारी अधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

नेतृत्व चयनका लागि आज विहान साढे ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो । जसपा नेपालको २०१ जना रहने पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि आज निर्वाचन हुँदैछ ।

त्यसका लागि निर्वाचन समितिले मंगलबार राती अन्मित मतदाता नामावली तथा निर्वाचन कार्यतालिकासमेत प्रकाशित गरिसकेको छ । पदाधिकारी तथा सदस्यहरुमा नेतृत्व चयनका लागि नोमिनेशन कार्यतालिका सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकामा अपरान्हदेखि ४ बजेदेखि हुने निर्वाचनका लागि विहान साढे ८ बजेदेखि मनोनयन (नोमिनेशन) को कार्यतालिका राखिएको छ ।
त्यसपछि उम्मेदवारको नामावली प्रकाशन १० बजे गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

पदाधिकारी तथा सदस्यहरुको मनोनयन पत्रमाथि दाबी विरोधका लागि १० बजेदेखि ११ बजेसम्मको समय तोकिएको छ ।

यसैगरी मनोनयन पत्र फिर्ता लिनका लागि साढे ११ बजेदेखि अढाइ (२ः३०) बजेसम्मको कार्यतलिका निर्वाचन समितिले सार्वजनिक गरेको छ । यसैगरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने ३ बजे गर्ने कार्यतालिका रहेको छ ।

मतदान कार्यक्रमका लागि ४ बजेदेखि ८ बजेसम्म तोकिएको निर्वाचन केन्द्रीय निर्वाचन समिति संयोजक महम्मद समिमि अख्तर अलीले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार