Logo

८ असोज,वीरगञ्ज । प्रहरीले भन्सार छली ल्याएको ६१ बोरा चिनी बाराबाट नियन्त्रणमा लिएको छ ।

कलैया उपमहानगरपालिका–२५ बस्ने तजमोदिन अंसारीको घरमा प्रहरीले चेकजाँच गरेको थियो । जाँचको क्रममा उनको घरबाट भन्सार छली ल्याइएको ६१ बोरा चिनी र बोरा सिलाउने एक थान मेसिन समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको चिनीको बजार मुल्य दुई लाख ५९ हजार रहेको तथा आवशयक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।


सम्बन्धित समाचार