Logo

८ असोज,वीरगञ्ज । पर्सा प्रहरीले ५८ लाख ८६ हजार ३० बराबरको मालबस्तुहरू लोड रहेको ट्रक पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका २५ स्थित आईसिपी चोकमा प्रहरीले बा ३ ख ९८४५ नम्बरको मालबाहक ट्रकलाई चेकजाँच् गरेको थियो । जाँचको क्रममा वीरगञ्जबाट काठमाडौं जादै गरेको उक्त ट्रकमा लोड रहेको कस्मेटिक लगायतका मालबस्तुहरु बिल बिजक भन्दा बढी रहेको पर्सा प्रहरीको भनाई छ ।

ती मालबस्तुसहित ट्रकलाई आवशयक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।


सम्बन्धित समाचार