Logo

२७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदैछ ।

सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले आज अदालत उपस्थित गराउन लागिएको हो ।

अझै केही समय हिरासतमै राखेर अनुसन्धान गर्नेगरी म्याद थपको माग गर्न रविलाई अदालत उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ ।

लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ परेका रविलाई पटकपटक म्याद थपेर प्रहरीले अनुसन्धान गर्दै आएको छ ।

आज लामिछानेसहित ४ जना पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाइलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।

लामिछानेसहितका उनीहरुलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार