
१ पुष, वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम रोयल्सले १५ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
यसअघि समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा एक सय एक रन बनाएर अल आउट भयो ।