Logo

५ पुष, काठमाडौँ । चार संसदीय समितिको बैठक शुक्रबार बस्दैछ।

बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ। बैठकमा उपसमितिहरूको कार्य प्रगति समीक्षा सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।

बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदनमाथि छलफल हुनेछ। यस्तै समितिको आगामी कार्यक्रम सम्बन्धमा पनि छलफल हुनेछ ।

बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ ।

यस्तै साढे १२ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को विषयमा छलफल हुने सचिवालयले जनाएको छ।


सम्बन्धित समाचार