Logo

८ असार,काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भोलि मात्रै काठमाडौं ल्याइने भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको समन्वयमा सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई आज नेपालगञ्ज लगिएको थियो। त्यहाँबाट हवाई जहाजमार्फत काठमाडौं ल्याउने तयारी भए पनि राति अबेर भएको र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यात्रा स्थगित गरिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार उनलाई भोलि बिहान हवाई जहाजमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ। पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो। थप कानुनी प्रक्रिया काठमाडौंमा अघि बढाइने बताइएको छ।


सम्बन्धित समाचार