Logo

८ असार, काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा मुलुकको वैदेशिक व्यापारमा निकै निराशाजनक स्थिति देखिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा नेपालले करिब २ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा ब्यहोर्नुपरेको छ । खासगरी आयात र निर्यातबीचको फराकिलो खाडलका कारण व्यापार घाटामा १५।६७ प्रतिशतले वृद्धि भई १५ खर्बभन्दा माथिको व्यापार घाटाको जोखिम थपिएको छ ।

तथ्यांकलाई केलाउँदा, ११ महिनाको अवधिमा नेपालले कुल २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन गत वर्षको तुलनामा १२ प्रतिशतले मात्र बढेको हो । यता, सोही अवधिमा विदेशबाट हुने आयात भने १५.१६ प्रतिशतले वृद्धि भएर १८ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। निर्यातको तुलनामा आयातको गति तीव्र हुँदा मुलुकको अर्थतन्त्रमा थप दबाब सिर्जना भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भए तापनि आयातीत वस्तुको विशाल आकारले मुलुकको विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा गम्भीर चुनौती खडा गरेको छ ।


सम्बन्धित समाचार