![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/09/gold.webp?fit=885%2C545&ssl=1)
२८ पुस,काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको थियो ।