
१९ फागुनसेढवा । पर्साको जिराभवानी गाँउपालिकामा कार्यरत एक जना शिक्षकको असामाहिक मृत्युका कारण पालिकाले आज शोक बिदा दिएको छ ।
वडा नं ५ स्थित श्री सरस्वती आधारभूत बिद्यालय शंकरसरैयामा ३० बर्षिय अनिल महतोको सोमवार दिउसो तराई अस्पतालमा मृत्यु भएको थियो। पालिकाले शिक्षक महतोको आत्माको चिर शान्तिको कामना गर्दै अति आवश्यक सेवा बाहेक बिदा दिएको सूचना प्रकाशित गरे जनाएको छ ।
शिक्षक महतो सो बिद्यालयमा गत भदौ महिनामा संघीय अनुदान कोटा अन्तर्गत निमाबि तहको बिज्ञान बिषयको शिक्षक नियुक्त भएका थिए। प्राप्त सूचनाअनुसार फागुन १२ गते सोमवारका दिन घरायसी तथा आन्तरिक बिबादका कारण झारपात मार्न बालीमा छर्ने बिषादी सेवन गरेका थिए ।
बिषादी सेवन गरेका शिक्षक महतोलाई उपचारको लागी नारायणी अस्पताल बीरगंजमा लगिएको थियो । नारायणी अस्पतालमा उपचार हुन नसके पछि थप उपचारको लागी उनलाई तराई अस्पताल बीरगंजमा रिफर गरिएको थियो ।
महतो को हिजो आइतवार उपचारको क्रमा मृत्यु भएको हो । मृत्क शिक्षक महतोको दुई जना सन्तान रहेका छन।