Logo

२० फागुन,जनकपुर । मधेश शहिद प्रतिष्ठानका एकजना सदस्य मृत फेला परेका छन् । मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

जनकपुर प्रहरीका अनुसार सदस्य रामनरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।धनुषा प्रहरी प्रवक्ता बरुणबहादुर सिंहका अनुसार बिहान ७ बजे उनी आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।मृतका यादवको बान्ता गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रेसरको समस्या रहेतापनि अहिलेुम्म मृत्युको कारण भने नखुलेको धनुषा प्रहरीले जानकारी दिएको छ ।मृतक यादवको शव बिहानै पोस्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पतालमाा लगिएको प्रहरीले जनाएको छ ।मृतक यादवको घटना के कारणले भएको हो ? त्यसबारेमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरी प्रवक्ता सिंह बताउँछन् ।

तर पोस्टमार्टम रिपोर्ट आइसकेपछि मृत्युको कारण बारे यथेष्ठ जानकारी आउने प्रहरी भनाइ छ ।


सम्बन्धित समाचार