Logo

२० फागुन,वीरगञ्ज । मच्छिन्द्र फुटबल क्लब वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको सेमीफाईनलमा प्रवेश गरेको छ । वीरगञ्जको आर्दशनगर रंगशलामा आज भएको खेलमा एपिआई चर्च ब्वाइज युनाइटेड क्बलबीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो ।

निर्धारित समाय दुवै टिमले बराबर गोल गरेपछि पाँच मिनेटको अतिरिक्त समयको अन्तिम समयमा मच्छिन्द्रका क्याप्टेन रेजिन सुब्बाले थप एक गोल गरेर जित दिलाए । मच्छिन्द्रको यो जितसँगै वीरगन्ज गोल्डकपको सेमीफाईनल समिकरण पूरा भएको छ ।

भोलीको पहिलो सेमीफाईनल खेल वीरगन्ज युनाईटेड र नेपाल पुलिस क्बलबीच हुने आयोजकले जनाएको छ । मधेस प्रदेश कै सर्वाधिक धनराशी भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ ।

यो पनि पढ्नुहोस् :-

जारी दोस्रो वीरगञ्ज गोल्डकप : मच्छिन्द्र फुटबल क्लब र एपिआई चर्च ब्वाइज युनाइटेड क्बलबीच खेल हुँदै

वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकपमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी

वीरगञ्ज गोल्डकप फुटबलमा सलेहस क्लब सिरहा टाईब्रेकरमा विजयी

वीरगञ्ज गोल्डकप स् आज सहलेश सिरहा र संकटा काठमाडौँबिच खेल हुँदै

गढवाललाई पराजित गर्दै,वीरगञ्ज युनाइटेड दोस्रो वीरगञ्ज गोल्डकपको सेमिफाइनलमा

मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप आजबाट सुरु

मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगञ्ज गोल्डकप शनिबारदेखि हुने


सम्बन्धित समाचार