Logo

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली प्रदेशको राजधानी सुर्खेतमा छन् । प्रधानमन्त्री पुगेपछि सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो ।

सडक खाली गराईएपछि सर्वसाधरण आक्रोशित बनेका छन् । केहीबेर सवारी आवागमनसमेत अवरुद्ध भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले सडकमा अनावश्यक रुपमा रोकेको भन्दै हर्न बजाएर विरोध जनाएका थिए । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन, रंगशाला अवलोकन लगायतका कार्यक्रम तय गरेर उनी शुक्रबार सुर्खेत पुगेका हुन् ।


सम्बन्धित समाचार