Logo

२४ फागुन,वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखा र भारतीय महावाणिज्यदूतावासबीच आज मैत्रीपूर्ण क्रिकेट सम्पन्न भएको छ । वीरगन्जको ज्ञानदा एकेडेमीमा सम्पन्न क्रिकेट खेलमा भारतीय महावाणिज्य दूतावास ६ विकेटले विजयी भएको छ ।

१५ ओभरको खेलमा टस जितेर पहिले व्याटिङ गरेको नेपाल पत्रकार महासंघ पर्सा शाखाको टोलीले आठौं ओभर खेल्दा २४ रन बनाएर अलआउट भयो । २५ रनको लक्ष्य लिएर जवाफी व्याटिङ गरेको भारतीय महावाणिज्य दूतावासले ४ विकेटको क्षतिमा लक्ष्य भेटायो ।

खेलको म्यान अफ द म्याच नेपाल पत्रकार महासंघका खेलाडी सद्दाम हुसैन भए । उनलाई महावाणिज्यदूत देवी सहाय मीणाले शील्ड प्रदान गर्नुभयो ।

खेलको माध्यमले पत्रकार र भारतीय महावाणिज्य दूतावासबीचको सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको महावाणिज्यदूत मीणाले बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनालले खेल जित्ने र हार्ने भन्दापनि आपसी सम्बन्धलाई निरन्तरता दिन खेललाई पनि निरन्तरता दिनुपर्ने बताए ।


सम्बन्धित समाचार