
२४ फागुन,वीरगञ्ज । मधेस प्रदेश सरकारका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले संघीयतापछि विकास भएपनि केही नभएको भन्ने भाष्य निर्माण गर्न खोज्ने तत्वहरु सल्बलाउन थालेको बताउनुभएको छ ।
एञ्जल वल्र्ड स्कुलको २१ औं बार्षिकोत्सवको उदघाटन गर्दै मन्त्री सिंहले प्रजातन्त्रपछि धेरै सडक पूर्वाधार विकास भएको भन्दै सोचेको जति भने विकास नभएकोमा भने आफू पनि सहमत रहेको बताए । उनले समाजमा असल व्यक्ति निर्माण गर्न शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताउदै उनले एञ्जल वल्र्ड स्कुलले पनि देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमात्रै होईन असल संस्कर भएको व्यक्ति निर्माणपनि ध्यान दिन सुझाव दिए ।
एञ्जल वल्र्ड स्कुलकी निर्देशक प्रमीला प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास समन्वय इकाई पर्साका प्रमुख हरि राउत, एनप्याब्सनका केन्द्रीय सचिव इन्द्रासन साह, प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे मगर, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा एञ्जल वल्र्ड स्कुलका निर्देशक रामराज श्रेष्ठ, प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष पुरन प्रधान, पर्सा अध्यक्ष सरोज चौधरी, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष युवराज खड्का, तेक्वान्दो संघ पर्साका अध्यक्ष गणेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सूर्यनारायण विकले गर्नुभएको थियो । कार्यक्रममा स्कुलका विद्यार्थीहरुले विभिन्न गीत संगीत लगायतका मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए । यसैबीच विद्यालयले गतबर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याउने तीनजना विद्यार्थीलाई सम्मान गरेको छ ।
गतबर्षको एसईईमा उत्कृष्ट अंक ल्याउने आँचल कुमारी पटेल, सहनाज खातुन र गौरव प्रताप सहलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ । उनीहरुलाई प्रमुख अतिथि मधेस प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले सम्मान पत्र सहित सम्मान गर्नुभएको हो ।