
२४ फागुन,वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज वीरगन्जमा आमसभाको आयोजना गरेको छ । राजा सहितको हिन्दु राष्ट्र कायम गर्ने मुद्दा लिएर देशभर सभाको आयोजना गर्दै आएको राप्रपाले आज वीरगन्जको लालबंगलामा सभाको आयोजना गरेको हो ।
सभामा सम्बोधन गर्नका लागि राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेन सहितका शीर्ष नेतृत्व वीरगन्ज आईपुगेका छन् । अध्यक्ष लिङ्गदेन सहितका नेताहरु केहीबेर अघि सिमरा विमानस्थलमा ओर्लिएर कार्यक्रमस्थलमा आईपुगेको राप्रपाका नेता किरण डंगोलले जानकारी दिए ।
यसैबीच वीरगन्जका चर्चित नेता विमल श्रीवास्तवका भाई नन्दु श्रीवास्तव राप्रपामा प्रवेश गर्दैछन् । पहिले राप्रपाबाटै वीरगन्जको चारपटक मेयर भईसकेका विमल श्रीवास्तव लोसपा, राजपा हुदै संघीय मन्त्री समेत भईसकेका विमलका भाई नन्दु राप्रपामा प्रवेश गर्ने भएको हो ।
विमलका सहोदर कान्छो भाई विमल श्रीवास्तव राप्रपामा प्रवेश गर्न लागेको राप्रपाका नेता डंगोलले पुष्टि गरेका छन् । नन्दु श्रीवास्तव चलचित्र निर्माण र कलाकार समेत हुनुहुन्छ । उहाँले थुप्रै नेपाली तथा भोजपुरी चलचित्रको निर्माण र अभिनय समेत गरेका छन् ।