
२४ फागुन,वीरगञ्ज । नेकपा मओवादी केन्द्रकाे जनतासँग माओवादी हुलाकी सडक केन्द्रित तराई मधेस जागरण अभियान अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
झापाबाट शुरू भएको अभियान राैतहटमा जारी रहँदा विशेष कारणवस स्थगित गरेकाे नेकपा माओवादी केन्द्रका उपमहसचिव तथा मधेस प्रदेश इञ्चार्ज मातृका यादवले जानकारी दिए ।
राष्ट्रिय राजनीतिमा देखिएकाे नयाँ परिवेश अनुसार थप परिमार्जन गर्नुपर्ने भएकोले बारा र पर्साकाे अभियान भने अहिले स्थगित भएको उनले बताए । माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरू काठमाडौं जानुपर्ने भएकोले अभियान हाललाई स्थगित भएको उनकाे भनाइ छ । पार्टीले भाेली ३ बजे पदाधिकारी बैठक समेत बाेलाएकाे इञ्चार्ज यादवले बताए ।