Logo

५ चैत,वीरगञ्ज । वीरगञ्ज नर्सिङ कलेजमा भने शान्तिपूर्ण रुपमा निर्वाचन भईरहेको छ । बिहान ११ बजेदेखि मतदान शुरु भएको निर्वाचन समितिले जनाएको छ । २७३ मतदाता संख्या रहेको वीरगन्ज नर्सिङ कलेजमा यो समाचार तयार पार्दासम्म एकसय २७ मत खसेको निर्वाचन अधिकृत अञ्जु महतोले बताए ।

वीरगञ्ज नर्सिङ कलेजमा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियुका उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ । यसअघिको स्ववियु निर्वाचनमा अनेरास्ववियु निर्वाचित भएको वीरगन्ज नर्सिङ क्याम्पसमा यसपटक त्रिपक्षीय भीडन्त भएको छ । अखिल क्रान्तिकारी आफ्नो नयाँ इतिहास रच्ने दाउमा छ ।

नेविसंघले पनि आफ्नो पूरानो विरासत फर्काउने प्रयासमा छ भने अनेरास्ववियु आफ्नो अघिल्लो स्थानलाई कायम राख्न चाहन्छ । अन्य क्याम्पसहरुमा बिहान ८ बजेदेखि मतदान समय तोकिएपनि वीरगन्ज नर्सिङ क्याम्पसमा भने बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।


सम्बन्धित समाचार