Logo

८ चैत, वीरगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई वीरगञ्जमा स्वागत गरिएको छ । ‘जनतासँग माओवादी’ हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानका क्रममा प्रचण्ड वीरगञ्ज आएका हुन् ।

पर्सामा माओवादीले आज दिनभर विभिन्न कार्यक्रम गर्दैछ । आज विहान मर्निङ्गवाकसँगै जनताभेटघाट कार्यक्रम छ भने बिहान ६ः३० बजे चियापान तथा विचार गोष्ठीको कार्यक्रम छ । बिहान ९ः०० बजे विभिन्न समूहगत छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी बिहान ११ः३० बजे पत्रकार सम्मेलनको आयोजना हुने भएको छ ।

त्यस्तै कार्यक्रमको क्रममा बहुआयामिक प्रस्तुति, संगठनात्मक छलफल तथा समूहगत समीक्षा गरिने माओवादीले जनाएको छ । कार्यक्रमको क्रममा दिउँसो १ः३० बजे पर्साको बहुअर्वाभाठामा जनसंवाद कार्यक्रम सञ्चालन हुनेभएको छ ।

कार्यक्रमको अन्त्यमा साँझ ३ः३० बजे पार्टी नेतृत्वको समीक्षा बैठक सहित कार्यक्रम समपन्न हुने माओवादीले जनाएको छ । नेकपा (माओवादी केन्द्र) का नेताहरूका अनुसार अभियान मधेशमा पार्टीलाई पुनः सशक्त बनाउने रणनीतिकका रुपमा अगाडि बढाइएको जनाएको छ ।

 

 


सम्बन्धित समाचार