Logo

१२ चैत,काठमाडौं । प्रेस सेन्टर नेपालले पाँचौँ महाधिवेशनको तयारी तीव्र बनाएको छ । यही चैत १६ र १७ गते काठमाडौमा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको संगठनका महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार १६ गते नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटमा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुने महाधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्दै १७ गते सम्पन्न हुनेछ ।

महाधिवेशनमा नेपालको पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने सञ्चारकर्मीहरूलाई पुरस्कृत गर्ने निर्णय भएको पुरस्कार छनोट समितिले जानकारी दिएको छ । जसअन्तर्गत यस वर्षको कृष्ण सेन ’इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार कोमल बराललाई प्रदान गरिने निर्णय भएको छ ।

त्यस्तै शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार धर्मेन्द्र कर्णलाई प्रदान गरिने निर्णय भएको छ । बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार (राजेन्द्र ढकाल बेपत्ता योद्धा सन्तति) मञ्जिमा ढकाललाई प्रदान गर्न निर्णय भएको छ ।

त्यस्तै उत्कृष्ट प्रदेशतर्फ मधेश प्रदेश समिति र उत्कृष्ट जिल्ला समितितर्फ रोल्पालाई पुरस्कृत गर्ने निर्णय भएको छ ।

त्यस्तै क्रियाशीलतर्फ प्रेस सेन्टरले १ नम्बर प्रदेशबाट ईश्वर थापा, मधेश प्रदेशबाट विकास आर्य ठाकुर, बागमती प्रदेशबाट सिर्जना गोले, गण्डकी प्रदेशबाट सानेबहादुर नेपाली र लुम्बिनी प्रदेशबाट गजेन्द्र गुरुङ पुरस्कृत हुने भएका छन् ।

त्यस्तै, कर्णाली प्रदेशबाट दीपबहादुर घर्ती, सुदूरपश्चिम प्रदेशबाट हरि जोशी, उपत्यका प्रदेशबाट विनोद दाहाल, एशोसियत प्रदेशबाट डब्बु क्षेत्री, प्रतिष्ठान प्रदेशबाट रघुनाथ बजगाइँ र प्रवास प्रदेशबाट केजीन राई पुरस्कृत हुने भएका छन् ।


सम्बन्धित समाचार