
१३ चैत, वीरगञ्ज । “हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन“ भन्ने नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला तदर्थ समिति पर्साको प्रथम जिल्ला अधिवेशन ठोरीमा सम्पन्न भएको छ ।
ठोरी गाउँपालिका–५, सुवर्णपुर वडा कार्यालयको सभा कक्षमा मंगलबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट पर्सा अध्यक्षमा जित बहादुर पाख्रिन चयन भएका छन् ।
उपाध्यक्षमा युवराज केशरी, महिला उपाध्यक्षमा गङ्गा तामाङ, सचिवमा विजय कुमार ठाकुर, सहसचिवमा सूर्यनारायण वि.क., कोषाध्यक्षमा बालेश्वर राय चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा आकाश कुमार पटेल, रिना देवी यादव र अनिता राम चयन भएका छन् । साथै, सल्लाहकार समितिमा अशोक प्रधान, ध्रुवसिंह ठकुरी र अष्ट बहादुर लोप्चन रहेका छन् ।