
१८ चैत, काठमाडौँ । नेपाल बीमा प्राधिकरणले यही चैत १५ गते काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिएको जनाएको छ ।
हुलदङ्गाका कारण भएका क्षतिको विवरण ‘एक्सेल स्प्रिडसिट’ ढाँचामा प्राधिकरणले दिएको ‘गुगल फर्म’को लिङ्कमार्फत साप्ताहिक रूपमा हरेक हप्ताको बुधवार प्राधिकरणमा पेश गर्न निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीलाई निर्देशन दिइएको हो ।