Logo

१३ असार,काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को अन्तिम खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

स्पेनको जितमा एलेक्स बाएनाले खेलको ४२औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो। यस जितसँगै स्पेनले तीन खेलबाट ७ अंक जोड्दै समूहको शीर्ष स्थान हासिल गर्यो।

उरुग्वे भने दुई बराबरी र एक हारसहित २ अंकमा सीमित रहँदै समूहको तेस्रो स्थानमा रह्यो र प्रतियोगिताबाट बाहिरियो।

समूहकै अर्को खेलमा केप भर्डे र साउदी अरबबीच गोलरहित बराबरी भएको छ। लगातार तीन खेल बराबरी खेलेको केप भर्डे ३ अंकसहित समूह उपविजेता बन्दै पहिलो सहभागितामै अन्तिम ३२ मा पुग्न सफल भएको हो।

साउदी अरबले पनि तीन खेलबाट २ अंक मात्रै जोड्न सकेपछि उरुग्वेसँगै विश्वकप यात्रा समूह चरणमै टुंगिएको छ।

उता, समूह ‘जी’ का अन्तिम खेलहरू नेपाली समयअनुसार आज बिहान पौने ९ बजे हुँदैछन्। क्यानडाको बीसी प्लेस भ्यानकुभरमा न्युजिल्यान्ड र बेल्जियम तथा अमेरिकाको सिएटलमा इजिप्ट र इरानबीच प्रतिस्पर्धा हुनेछ।

समूह ‘जी’ को अंकतालिकामा इजिप्ट ४ अंकसहित शीर्ष स्थानमा छ। इरान २ अंकसहित दोस्रो, बेल्जियम समान २ अंकसहित तेस्रो तथा न्युजिल्यान्ड १ अंकसहित पुछारमा रहेको छ।


सम्बन्धित समाचार