Logo

१३ असार,काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नो मन्त्रालयका लागि अनुभवी र कार्यसम्पादनमा सक्षम सचिवको आवश्यकता रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत मन्त्री पुनले मन्त्रालयका सचिवको कार्यकाल असार १७ गतेदेखि समाप्त हुने जानकारी दिँदै नयाँ सचिव नियुक्तिका लागि योग्य व्यक्तिको खोजी भइरहेको बताएका हुन्।

उनका अनुसार विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा अनुभव भएको, कर्मठ र परिणाममुखी ढंगले काम गर्न सक्ने सचिव मन्त्रालयलाई आवश्यक छ।

मन्त्री पुनले नवगठित मन्त्रालय भएकाले प्रारम्भिक संरचना निर्माण, जनशक्ति व्यवस्थापन र कार्य सञ्चालनमा विभिन्न चुनौती सामना गर्नुपरेको उल्लेख गरेका छन्। कर्मचारी अभावलगायतका समस्याबीच मन्त्रालयलाई प्रभावकारी रूपमा अघि बढाउन सक्षम नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।

उनले विभिन्न माध्यमबाट योग्य सचिवको खोजी भइरहेको जानकारी दिँदै यस कार्यमा सबै पक्षबाट सहयोगको अपेक्षा गरेका छन्।

सरकारले हालै स्थापना गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई प्रभावकारी बनाउने लक्ष्यसहित मन्त्री पुन मन्त्रालयको संस्थागत संरचना र कार्यप्रणालीलाई व्यवस्थित गर्ने तयारीमा जुटेका छन्।

 


सम्बन्धित समाचार