Logo

२२ चैत,काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा रात्रिकालीन अभियानको क्रममा भारतीय वायुसेनाको जगुआर लडाकु विमान दुर्घटनाग्रस्त हुँदा एक पाइलटको मृत्यु भएको छ ।

दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएको अधिकारीहरूले बिहीवार बताएका छन् ।

गुजरातको राजधानी गान्धीनगरबाट लगभग ३३४ किलोमिटर पश्चिममा रहेको जामनगर जिल्लाको सुवर्दा गाउँको खुला मैदानमा बुधवार राति दुर्घटनापछि लडाकु विमानमा आगो लागेको थियो । भारतीय वायुसेनाले दुर्घटनाको अनुसन्धानको आदेश दिएको छ । एजेन्सी

 


सम्बन्धित समाचार