Logo

२२ चैत,सेढवा । पर्साको जगरनाथपुर ३ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बडगोमा उपकार सेवा नेपालद्वारा जडान गरिएको बालमैत्री खानेपानीको उद्घाटन समारोह सम्पन्न भएको छ। महालक्ष्मी रिफाइनरी प्रा. लि. परवानीपुरको आर्थिक सहयोगमा संस्थाले विद्यालयलाई नयाँ खानेपानी प्रणालीको सुविधा प्रदान गरेको हो।

उद्घाटन कार्यक्रममा उपकार सेवा नेपालको अध्यक्ष विद्या कुमारी सरावगीले नयाँ खानेपानी प्रणालीको उद्घाटन गरेका थिए। उनले विद्यालयका बालबालिकाहरुको लागि स्वास्थ्यवर्धक र बालमैत्री खानेपानीको सुनिश्चितता गर्नका लागि उक्त प्रणाली जडान गरिएको जानकारी दिए।

यसअघि, विद्यालयमा चापा प्रणाली जडान गरिएको थियो, तर त्यसमा बालमैत्री सुविधाको कमी थियो। त्यसैले बालबालिकाका लागि उपयुक्त खानेपानी सुनिश्चित गर्न वाटरपम्प १ सेट, ओभर हेड टंकी १ र तीन थान धारा सहितको सिंक जडान गरिएको छ।

समारोहमा विद्यालयका प्रधानाध्यापक ओमप्रकाश चौधरीको अध्यक्षता र विद्या कुमारी सरावगीको प्रमुख आतिथ्यतामा सामाजिक अभियान्ता प्रकाश थारु र पदमा देवी सरावगीले शुभकामना मन्तव्य व्यक्त गरे।

उक्त कार्यक्रमले विद्यालयका बालबालिका र अभिभावकहरुलाई राम्रो खानेपानीको व्यवस्था गरेको छ र भविष्यमा पनि उपकार सेवा नेपालले विद्यालयलाई अन्य विभिन्न किसिमका सहयोग प्रदान गर्ने कुरा स्पष्ट पारेको छ।

समारोहको समापनमा श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बडगोले उपकार सेवा नेपाललाई प्रशंसा पत्र प्रदान गर्दै सम्मानित गरेको थियो।


सम्बन्धित समाचार