Logo

२२ चैत,चितवन। चितवनको भरतपुरबाट माडीतर्फ जाँदै गरेको एक बस अनियन्त्रित भई रुखमा ठोक्किँदा १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिउँसो माडी नगरपालिका १ बनकट्टातर्फ जाँदै गरेको ना ६ ख ९३६६ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडक छेउको रुखमा ठोक्किएको हो।

प्रहरीले जनाए अनुसार दुर्घटनामा घाइते भएका १२ जनाको माडीस्थित बघौडा अस्पतालमा उपचार भइरहेको छ। बस चालक भने फरार रहेका छन् र प्रहरीले उनको खोजी जारी राखेको छ।


सम्बन्धित समाचार