Logo

२२ चैत,काठमाडौं । गृह मन्त्रालयले ६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ। मन्त्रालयले कञ्चनपुर, स्याङजा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुलाका प्रमुख जिल्ला अधिकारीहरूलाई अन्यत्र सरुवा गरेको हो।

सरुवा अनुसार कञ्चनपुरमा लक्ष्मण ढकाललाई नयाँ सीडीओको रूपमा खटाइएको छ भने अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी वेद प्रसाद खरेलले पाएका छन्। त्यस्तै, स्याङजामा ईश्वरी प्रसाद अर्याल, लमजुङमा माधव प्रसाद पोखरेल, प्यूठानमा दीपक नेपाल र दार्चुलामा अनिल पौडेललाई सीडीओ बनाएर पठाइएको छ।

यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रहेका नारायण प्रसाद सापकोटा, स्याङजाकी सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्ध गुरुङ, प्यूठानकी रमा सुवेदी र दार्चुलाका यज्ञराज जोशीलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ।


सम्बन्धित समाचार