
२२ चैत, काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर तीन मिनेटको बीचमा दुई पटक शक्तिशाली भूकम्प भएको छ।
अघिल्लो भूकम्पभन्दा दोस्रो भूकम्प बढी शक्तिशाली रहेको भूगर्भ विभागले जनाएको छ ।
जाजरकोटको रोकाया गाउँ केन्द्रविन्दु भएर शुक्रबार साँझ ८ बजेर ७ मिनेटमा पहिलो भूकम्प गएको थियो। उक्त भूकम्प ५.२ म्याग्निच्युडको थियो।
दोस्रो भूकम्प ८ बजेर १० मिनेटमा गएको छ। बेलुकाको ८.१० बजे जाजरकोट जिल्लाको कुशे गाउँपालिका पैँक भन्ने स्थानमा केन्द्रबिन्दु भई ५.५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
क्षतिको विवरण बुझ्ने कार्य भइरहेको छ र कुशे, बारेकोट, छेडाको माथिल्लो भाग र जुनिचाँदे क्षेत्रमा क्षति गरेको हुन सक्ने प्रहरीले बताएको छ।
भूकम्पले कर्णालीका सुर्खेत, दैलेख, कालिकोट लगायतका छिमेकी जिल्ला र सुदूरपश्चिममा समेत धक्का महसुस भएको थियो।