
२८ चैत,काठमाडौं । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत गरेका छन्। प्रधानमन्त्रीको सचिवालयले बिहीबार बरालको राजीनामा स्वीकृत भएको जानकारी दिएको हो।
उपकुलपति बरालले गत चैत्र १५ गते आफ्ना सहयोगीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका थिए।
यसअघि बराललाई काममा फर्किने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पनि सहजीकरण गर्न अनुरोध गरिएको थियो। तर, सो प्रयास सफल नभएपछि प्रधानमन्त्री ओलीले बरालको राजीनामा स्वीकृत गरेका हुन्।