
२८ चैत, सुर्खेत । कर्णाली प्रदेशमा विकासका कामहरू तीव्र गतिमा अघि बढ्दै गएका छन्। मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार पत्रकार सम्मेलन गर्दै आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै प्रदेश विकासमा साकारात्मक उपलब्धिहरू प्रस्तुत गरेका छन्।
मुख्यमन्त्री कँडेलका अनुसार विगतमा सुस्त गतिमा रहेका करिब ३५ वटा सडक तथा पुल आयोजनाहरूमध्ये दुई तिहाइमा सन्तोषजनक प्रगति भइसकेको छ। बाँकी निर्माण व्यवसायीहरूलाई अन्तिम छलफलमा बोलाएर काममा तीव्रता दिन लागिएको जानकारी उनले दिए।
भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिम र सल्यानमा पुनर्निर्माणको कामले पनि गति लिएको छ। कुल ५० करोड रुपैयाँको बजेट विनियोजनभित्र ६२ विद्यालय र १८ स्वास्थ्य चौकी गरी ८० संस्थाहरूको पुनर्निर्माण कार्य सुरु भइसकेको छ।
यस एक वर्षको अवधिमा कर्णाली प्रदेशले उल्लेखनीय भौतिक पूर्वाधार विकास गरेको छ।
-
९५ किलोमिटर सडक कालोपत्रे
-
२०५ किलोमिटर ग्राभेल
-
५२५ किलोमिटर नयाँ माटे सडक निर्माण
-
२३ पक्की र ४२ झोलुङ्गे पुल निर्माण सम्पन्न
-
जनता आवास कार्यक्रमअन्तर्गत १०४८ घर निर्माण
-
विभिन्न सेवा कार्यालयमार्फत ३२ करोडभन्दा बढी राजस्व संकलन
शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा उल्लेखनीय सुधार भएको बताउँदै मुख्यमन्त्री कँडेलले अब प्रदेश विकास थप तीव्र बनाउने प्रतिबद्धता जनाए।
“समृद्ध र आत्मनिर्भर कर्णाली निर्माणतर्फको हाम्रो यात्रा स्पष्ट दिशामा अघि बढेको छ,” कँडेलले भने।
यि हुन् मुख्यमन्त्री कँडेलका एक वर्षको प्रगति विवरण