Logo

३ बैशाख, त्रिवेणी । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल त्रिवेणीको अवलोकन भ्रमण गरेका छन् ।

धार्मिक पर्यटकीय क्षेत्र त्रिवेणीको प्रवर्धन र विकास गर्ने उद्देश्यले भएको यो भ्रमणले यस क्षेत्रको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावनालाई उजागर गर्ने अपेक्षा गरिएको छ।

अवलोकनका क्रममा अध्यक्ष प्रचण्डले त्रिवेणी क्षेत्रका आवश्यकता र समस्याबारे जानकारी लिनुभएको बताइएको छ। उहाँले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्धनमार्फत स्थानीय आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डको यो भ्रमणले त्रिवेणी क्षेत्रको विकास र प्रवर्धनमा थप टेवा पुग्ने विश्वास स्थानीयवासीले लिएका छन्।


सम्बन्धित समाचार