
३ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन्।
हिजो (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिस अनुसार राष्ट्रपतिले संसद्को दुवै सदनको बैठक आह्वान गरेका हुन्। अब संघीय संसद्को बजेट अधिवेशन वैशाख १२ गतेदेखि सुरु हुनेछ ।