
३ वैशाख,काठमाडौं ।सत्तारुढ गठबन्धनले आज आफ्नो कार्यदल र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान गरेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार अपरान्ह ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पहिले कार्यदलको बैठक बस्नेछ।
त्यसलगत्तै साँझ साढे ६ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने कार्यक्रम रहेको छ। बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, आगामी बजेट अधिवेशनको तयारी लगायतका महत्वपूर्ण विषयमा छलफल हुने बुझिएको छ।
सरकारले बजेट अधिवेशनको आह्वान गरेसँगै सत्ता गठबन्धनले नियमित छलफललाई तीव्रता दिएको छ।