Logo

३ वैशाख,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन सरकारको काम गर्ने गति सन्तोषजनक नरहेको टिप्पणी गरेका छन् ।

सातवटा मुख्य कमजोरी औंल्याउँदै उनले सरकारप्रति गम्भीर असन्तुष्टि जनाएका हुन् । उनका अनुसार सरकारले आवश्यक निर्णयमा ढिलाइ र अनावश्यक निर्णयमा हतारो गरिरहेको छ, जुन प्रवृत्ति स्वीकार्य छैन ।

महामन्त्री शर्माले सामाजिक सञ्जाल नियमनको नाममा नियन्त्रणको नियत देखिएको, कुलमान घिसिङको हटाउने प्रक्रियामा कांग्रेसभित्रको फरक मत र जनभावनाको बेवास्ता भएको, शिक्षक आन्दोलनलाई समाधान गर्न ढिलाइ गरिएको जस्ता विषय उल्लेख गरेका छन् ।

त्यस्तै, अख्तियारसम्बन्धी विधेयक उपसमिति मार्फत अन्तिम चरणमा पुगे पनि रोकिएको, त्रिविका उपकुलपतिले राजीनामा दिनुपर्ने अवस्था आउँदा समेत चुप लागिएकोप्रति उनले असन्तोष जनाए ।

राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे उठेका प्रश्न अझै अनुत्तरित रहनु र प्रहरीको एआईजी पदमा रिक्त दरबन्दीमा लामो समयसम्म नियुक्ति नहुनुजस्ता विषयले समेत सरकारको कार्यशैलीप्रति प्रश्न उठाएको उनको भनाइ छ ।


सम्बन्धित समाचार