Logo

३ वैशाख,पर्सागढी । सुरक्षित आप्रवाशन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगार सम्बन्धि सरोकारवालाहरु सँग एकदिने अन्तरक्रिया कार्यक्रम पर्सागढीमा आज सम्पन्न भएको छ ।

पर्सागढी नगरपालिकाको सभाहलमा भएको कार्यक्रम ‘स्वदेश मै रोजगारी गरौ वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर जाऔं’ भन्ने मूल नाराको साथ संचालनमा रहेको सुरक्षित आप्रावशन सामी कार्यक्रमका पर्सा जिल्ला संयोजक रामाशंकर कुश्वाहाले वैदेशिक रोजगारमा जाने दिन प्रति दिन बढदै गएको कारण समस्या धेरै नै आउने गरेको बताए ।

कुश्वाहाले वैदेशिक रोजगारमा जानेहरुले रोजगार सम्बन्धि सही सूचना, सीप सिकेर मात्रै जाने, सूचनाको पहुँच बढाउने, न्यायको पहुँच तथा कानुनी सहजीकरण, सीपयुक्त जनशक्तिको बिकास, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता सम्बन्धि ज्ञान लिएर मात्र जान सरोकारहरुलाई सुझाव दिए ।

सुरक्षित आप्रबासन सामी कार्यक्रम पर्सागढीका संयोजक चन्द्रकिसोर चौधरीले पालिका भित्रका कोहि पनि ब्यक्ति वैदेशिक रोजगारिमा गई फसेको वा दुर्घटनामा परेको, ठगिएकाहरुलाई सहयोग गर्नुको साथै विदेशमै मृत्यु भएकाहरुको शव नेपाल ल्याउन उल्लेख्नीय भूमिका खेल्नुको साथै वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई समेत तालिम दिई रोजगार सिर्जना गरेको बताए ।

पर्सागढी नगरपालिका नगर प्रमुख गोकर्ण पाठकको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्षहरु बिरेन्द्र प्रसाद थारु, शेख खुर्सेद, स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद पौडेल, वडा सदस्यहरु, सुरक्षाकर्मी लगायत स्थानीयको उपस्थित रहेको थियो । सामी कार्यक्रम बिरगंज महानगरपालिका, पोखरिया, पर्सागढी, सखुवाप्रसौनी, जीराभवानी, ठोरीमा सन्चालनमा रहेको छ ।

 


सम्बन्धित समाचार